गुँरास लाईफको ५० प्रतिशत हकप्रद सेयर पारित



काठमाडौं । चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद सेयर दिने गुराँस लाइफ इन्स्योरेन्सको सञ्चालक समितिको प्रस्ताब पारित भएको छ । राजधानीमा सम्पन्न कम्पनीको आठौं साधारणसभाले ५० प्रतिशत हकप्रद र ८ प्रतिशत बोनस सेयर दिने प्रस्ताब पारित गरेको हो ।

साधारणसभाले चुक्ता पुँजी बृद्धि लगायत अन्य विविध विषयमा प्रबन्धपत्र नियमावलीमा संशोधन गर्ने विषयहरु समेत सर्व सम्मतिले पारित गरेको छ ।

त्यसैगरी, रिक्त रहेको सञ्चालक सदस्यमा विवेक दुगड़, रिषिकुमार गाडिया, शम्भुप्रसाद सुवेदी, मेघ राज पौडेल र स्वतन्त्र संचालकमा शिवबहादुर श्रेष्ठ निर्वाचित भएका छन् ।


पुष्प दुलाल