नेप्सेमा ८ अंकको वृद्धि, ७४ करोडको कारोबार



काठमाडौं । साताको पहिलो दिन नेपाल स्टक एक्सेन्ज (नेप्से) ८.२३ अंकले बढेको छ । १५५९.४९ अंकबाट दिनको सूरुवात गरेको नेप्से १५६७.७२ अंकमा अडेको छ ।

आइतबार नेप्सेमा १४८ कम्पनीका १५ लाख ८५ हजार ९ सय ६७ कित्ता सेयर खरिदबिक्री भएका छन् । अघिल्लो साताको तुलनामा कारोबार रकममा पनि सुधार देखिएको छ । ७३ करोड ९४ लाख ४१ रुपैयाँको कारोबार भएको छ ।

बीमा समूहको उपसूचक ८.६९ अंकले घटेको छ, भने बाँकी सबै समूहको उपसूचक हरिया भएका छन् ।

बैंकिङ समूह १२.५६, होटल समूह ११.०४, विकास बैंक समूह ४.४३, जल विद्युत समूह १.८३, वित्त समूह २.७, उत्पादन मूलक समूह ८.४६ र अन्य समूह ०.८७ अंकले बढेका छन् ।

आज रिलायन्स फाइनान्सका लगानीकर्ताले ८.५७ प्रतिशतले कमाएका छन् । यस्तै, सिन्धु विकास बैंक, कन्चन डेभलपमेन्ट बैंकका लगानीकर्ताले ६.५५ र ६.१० प्रतिशतले कमाएका छन् ।

वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सका लगानीकर्ताले ९.८८ प्रतिशतले गुमाएका छन् ।


पुष्प दुलाल