बाग्लुङको तमान खोलामा टेलिकमको बिटिएस टावर



काठमाडौं। नेपाल टेलिकमले बाग्लुङ जिल्लाको उत्तर पश्चिम भेगको बिकट स्थान तमान खोलामा विटिएस स्थापना गरी असार ९ गते देखि जिएसएम मोवाइल सेवा सञ्चालनमा ल्याएको छ । सो स्थानमा यस अघि कुनै पनि किसिमको दूरसञ्चार सेवा पुगेको थिएन ।

तमानखोला गाउँपालिका वडा नं. ३ तमानखोलामा स्थापित विटिएसबाट तमानखोला गाउँपालिकाको वडा नं. ३ र ४ का करिव छ सय घरधुरीका बासिन्दा र खुङखानीको वडा नं. ६ का वासिन्दालगायत सो क्षेत्रका अन्य वासिन्दालाई मोवाइल फोन मार्फत अन्य क्षेत्र तथा विश्व समुदायसँग सम्पर्क स्थापित गर्न सहज भएको टेलिकमले जनाएको छ ।

तमान खोला बाग्लुङ जिल्ला सदरमुकामबाट ११६ किलोमिटर सडक मार्गको यात्रा पश्चात करिव डेढ घण्टाको पैदल मार्गको दुरीमा रहेको छ । उक्त स्थान छिमेकी जिल्ला म्याग्दीको सिमानासंँग जोडिएको छ ।


क्लिकमाण्डू