एटिएमको ५० वर्षः नुहाउँदै गर्दा आएको सोचले संसार बदल्यो, श्रीमतिका लागि ४ अंकको पिन



काठमाडौं । अचेल मान्छेहका खल्ती–खल्तीमा अटोमेटेड टेलर मेसिन (एटिएम) कार्ड हुन्छ । युवा पुस्तामा त एटिएम निकै लोकप्रिय भइसकेको छ । एटिएम मेसिनमा लगेर कार्ड छिरायो । पिन कोड डायल गर्यो । र, खातामा भएको रकमबाट आफुलाई आवश्यक परेजति रकम तुरुन्तै निकाल्यो ।

अब एक छिन कल्पना गर्नुस् त एटिएम नभएको भए के हुन्थ्यो होला ? तपाइँलाई एटिएमबिनाको बैंकिङ कारोबार सम्झिँदा पक्कै पनि कहाली लाग्छ ।

किनभने एटिएमले मान्छेहरुको जिउने शैलीमै परिवर्तन ल्याइदिएको छ । नगद बोकेर हिँड्दा त्यो चोरी हुने, हराउने डर हुन्थ्यो । त्यसैले बैंकहरुले एटिएम सेवा सुरु गरेपछि उपभोक्ताहरु नगद बोकेर हिँड्न छाडेका छन् ।

सेफर्डले भनेका थिए ‘श्रीमतीले भनेकी थिइन की उनलाई जम्मा चार अंक मात्रै सम्झनामा रहन्छ, यसकारण उनकै कारणले पिन नम्बरमा चार अंक नै विश्व मानक बन्यो ।’

एटिएमले बैंकिङको परिभाषा बदलेको मात्रै छैन कि बैंकिङ कारोबारमा समेत ठूलो परिवर्तन ल्याएको छ । एटिएमकै कारण मानिसहरु आफूलाई चाहिने बस्तु तथा सेवा उपभोग गर्न सक्छन् । र, चाहेको ठाउमा तुरुन्तै नोट निकालेर त्यसको भुक्तानी गर्न सक्छन् ।

जोन शेफ़र्ड-बैरन

यसरी मानिसको जनजिबन सरल र सहज बनाउने एटीएम सुरु भएको ५० वर्ष पुगेको छ । जोन शेफर्ड बैरन एटीएमका आविष्कारक हुन् । भारतको मेघालयमा सन् १९२५ जून २३ मा जन्मिएका थिए । यो पहिला आसाममा पथ्र्यो । स्कटल्याण्डका नागरिक बैरनका बाबु उत्तरी बंगालको चटगाउ पोर्टको प्रमुख कमिसनर इन्जिनियर थिए ।

कसरी आयो सोच ? किन ४ अंकको पिन नम्बर ?

बैरन एकदिन चेक डिपोजिन गर्न बैंक गएका थिए । तर बैंक बन्द भईसकेको थियो । त्यसबेला उनको दिमाखमा नगद मेसिन बनाउने बिचार उत्पन्न भएको थियो । र, बैरनले सन् १९६७ मा एटीएम बनाएका थिए ।

सन् २०१० मा बैरनले यो दुनिया छोडिसकेका छन् । नुहाउदै गर्दा उनको दिमागमा आएको एक विचारले मानवीय जीबन तथा पैसाको खेल पूरै बदलिदिएको छ ।

पिन नम्बर चार अंकको नै किन बनाइयो ? सेफर्डले यसको राज पनि बताएका छन् । उनलाई ६ नम्बरको आफ्नो आर्मी नम्बर याद थियो । तर, उनकी श्रमती क्यारोलिनले उनको एउटा नम्बर चलाउन दिइनन् ।

सेफर्डले भनेका थिए ‘श्रीमतीले भनेकी थिइन की उनलाई जम्मा चार अंक मात्रै सम्झनामा रहन्छ, यसकारण उनकै कारणले पिन नम्बरमा चार अंक नै विश्व मानक बन्यो ।’

नेपालमा हिमालयन बैंकले पहिलोपटक एटिएम भित्र्याएको हो । सन् १९९५ बैंकले न्यूरोड कार्यालयमा एटिएम मेसिन राखेको थियो ।

बार्कलेज बैंकः जसले पहिलोपटक एटिएमको कारबोर गर्यो

सर्वप्रथम एटीएमको प्रयोग बेलायतको बार्कलेज बैंकले सन् १९६७ जून २७ देखि गरेको थियो ।

भारतमा भने पहिलो पटक एटीएमको सुरुवात सन् १९८७ सेक्टेम्बरमा भएको छ । सिटी बैंक र एचएसबीसी बैंकले संयुक्त रुपमा मुम्बईको ब्रान्च एटीएम राखेका थिए ।

एटीएम नेपाल भित्रिएको २२ वर्ष भयो, ४७ लाख प्रयोगकर्ता

नेपालमा हिमालयन बैंकले पहिलोपटक एटिएम भित्र्याएको हो । सन् १९९५ बैंकले न्यूरोड कार्यालयमा एटिएम मेसिन राखेको थियो । हाल नेपालमा एटिएम सेवा नदिने कुनैपनि बैंक तथा वित्तीय संस्था छैनन् । नेपाली बैंक बैंक तथा वित्तीय संस्थाहरुले ४७ लाख एटिएम कार्ड जारी गरेका छन् ।

दक्षिण कोरियामा सबैभन्दा धेरै एटीएम

दक्षिण कोरियामा संसारको सबैभन्दा धेरै एटीएम रहेको छ । कोरियामा १ लाख मानिसका लागि २ सय ७८ एटीएम उपलब्ध छन् । दोश्रो स्थानमा मकाउ छ, त्यहाँ १ लाख मानिसका लागि २ सय ५४ एटीएम छ ।

पाकिस्तानमा विश्वकै अग्लो स्थानमा एटीएम

नेशनल बैंक अफ पाकिस्तानले कुन्जेरबमा १५ हजार ३ सय ९७ फिट उचाईमा एटीएम राखेको छ । दोश्रो नम्बरमा सिक्किमको नाथूलामा १४ हजार ३ सय फिट उचाईमा एटीएम राखिएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुको सहयोगमा


पुष्प दुलाल