एक हप्तादेखि फोन सेवा अवरुद्ध



जाजरकोट। यहाँको जुनी चाँदी गाउँपालिकामा एक हप्तादेखि फोन सेवा अवरुद्ध भएको छ ।

मजकोटमा रहेको टावरमा खराबी आएपछि फोन सेवा अवरुद्ध भएको स्थानीयवासी रेशमबहादुर खड्काले जानकारी दिए । यति लामो समयसम्म फोन सेवा अवरुद्ध भए पनि सरोकार भएका निकायले मर्मततर्फ ध्यान नदिएको भन्दै स्थानीयवासी आक्रोशित छन् ।

हजारौँ सेवाग्राही फोन सेवा अवरोधसँगै  घन्टौँ उकालो हिँडेर आफन्तसँग खबर आदानप्रदान गर्न बाध्य  छन् । नेपाल टेलिकम जाजरकोटले ब्याट्रीमा समस्या भएका कारण फोन अवरुद्ध भएको जनाएको छ ।


क्लिकमान्डु