सांग्रिलाको आकर्षक योजनाः बचत खातामा ९ प्रतिशत ब्याज, आस्वा नि:शुल्क



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले यही असार ११ गते आइतबारदेखि लागुु हुुने गरी सांग्रिला प्रिमियम बचत खाता संचालनमा ल्याएको छ । उक्त बचत खातामा वार्षिक ९ प्रतिशत ब्याज दिने बैंकका डेपुटी सीइओ दिनेश थकालीले जानकारी दिए ।

यो खाता खोल्न वार्षिक ५ हजार रुपैयाँ लाग्ने छ । सो खाता संचालन गर्ने ग्राहकहरुले लकर सुुविधा लिन चाहेमा कि मार्जिन निक्षेप रकममा ५० प्रतिशत तथा बार्षिक दस्तुुरमा २५ प्रतिशत छुुट सुुविधा प्रदान गरिने थकालीले जानकारी दिए ।

शाखा कार्यालय ललितपुुर, ईमाडोल रसुुनसरी, इटहरीमा जुुनसुुकै बचत खातामा खोल्ने ग्राहकहरुले लकर सुुविधा लिन चाहेमा उक्त छुुट सुुविधा पाउने छन् ।

त्यस्तै नेपाल सरकारले प्रदान गर्दै आईरहेको सामाजिक सुुरक्षा भत्ता जम्मा गर्न सजिलो होस् भन्ने उद्देश्यले बैंकले शुुन्य मौज्दातमा बार्षिक ९ प्रतिशत ब्याज प्रदान गर्नेरी ‘सामाजिक सुुरक्षा बचत खाता’समेत संचालनमा ल्याएको छ ।

यो बैंकमा बचत खाता संचालनमा रहेका बचतकर्ताहरुलाई बिभिन्न कम्पनीहरुले निष्काशन गर्ने आइपिओ तथा एफपिओमा लगानी गर्न बैंकको तर्फबाट निःशुुल्क आस्वा सेवासमेत प्रदान गर्ने बैंकले जनाएको छ । बैंकले यसअघि नै बैंकले बिकास बैंकहरुमध्ये अग्रणीरुपमा अनलाइन आस्वा सेवा शुरु गरिसकेको छ ।


पुष्प दुलाल