सिटिजन्स बैंक र राम्रो रेमिटबीच विप्रेषण सम्झौता



काठमाडौं । सिटिजन्स बैंक र राम्रो रेमिटबीच विप्रेषण सम्झौता भएको छ । सिटिजन्स बैंक र राम्रो रेमिटबीच बुधबार विप्रेषण सम्झौता भएको हो ।

सिटिजन्स बैंकका प्रमुख सञ्चालन अधिकृत पारस कुमार काफ्ले र राम्रो रेमिटका प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

विप्रेषण सम्झौतासँगै सिटिजन्स बैंकको सम्पूर्ण शाखाबाट राम्रो रेमिट विपे्रषण रकम भुक्तानी गर्न सकिनेछ ।

बैंकले वेस्र्टन यूनियन, मनिग्राम, आइएमई, प्रभु मनि, हिमाल रेमिट, सिटि एक्सप्रेस, रिलायबल रेमिट, जेएमई, नेपाल रेमिट, इजिलिङ्क, बेष्ट रेमिट, पृथ्वि एक्सप्रेस, सम्सारा, सेवा एक्सप्रेस, सिजि मनि, आइपे रिलायबल , बुम रेमिट , ओभरसिज रेमिट र सीजि फिन्कोबाट विपे्रषण रकमको भुक्तानी गर्दै आइरहेको छ ।

यसका साथ साथै बँैकले निकट भविष्यमा पनि अन्य विभिन्न मुलुकमा रहेको विभिन्न विप्रेषण कम्पनीहरुसंग सम्झौता गरि विप्रे्रषण सेवालाई विस्तार गर्दै लैजाने योजना बैंकका प्रमुख प्रशासकीय अधिकृत उमंग शर्माले जानकारी दिए ।

 

 


पुष्प दुलाल