४ अंकले घट्यो नेप्से, ५८ करोडको कारोबार




काठमाडौं । नेपाल स्टोक एक्सेन्ज (नेप्से) परिसुचक ४.०९ अंकले घटेको छ । ४.०९ अंकले घटेर नेप्से १५५१.०७ अंकमा अडेको छ ।

आज १ सय ४१ कप्पनीका ११ लाख ६२ हजार २ सय ३९ कित्ता सेयर किनबेच भएको छ । ५७ करोड ९२ लाख ३७ हजार रुपैयाँको कारोबार भएको छ ।

मंगलबार ३ उपसमूह हरियो भएका छन् भने ५ समूहका उपसमूह राता भएका छन् ।
आज बढने उपसमूहमा जलविद्युत ४.८८, उत्पादन मुलक ०.६८ र अन्य ४.६३ अंकले बढेका छन् ।

बैंकिङ ४.६७, होटल ८.९१, वित्त ३.०७ र इन्स्योरेन्स २९.३८ अंकले घटेका छन् ।
आज नेस्नल माइक्रोफाइनान्स वित्तिय संस्थाका लगानीकर्ताले ५.९९ प्रतिशतले कमाएका छन् ।

एभरेष्ट बैंक प्रमोटर सेयरका लगानीकर्ताले ९.९५ प्रतिशतले गमाएका छन् ।


पुष्प दुलाल