नेपाल बंगलादेश बैंकको सेयर लिलामी असार १४ देखि




काठमाडौं । नेपाल बंगलादेश बैंकले हकप्रदमा नबिकेको ९ लाख ८८ हजार १ सय २० कित्ता सेयर असार १४ गतेदेखि लिलामी गर्ने भएको छ ।

बैंकले सूचना प्रकाशित गर्दै ९ लाख ६८ हजार ६ सय ९ कित्ता सर्वसाधारण समुहको सेयर र १९ हजार ५ सय ११ कित्ता प्रमोटर सेयर लिलामी गर्ने जनाएको छ । बैंकको ८० प्रतिशत हकप्रद सेयर बिक्री गरेको थियो ।

ग्लोबल आइएमई क्यापिटलले ब्यवस्थापन गर्ने लिलामी आगामी असार २१ गतेसम्म खुला रहनेछ ।

चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्म ८२ करोड ७६ लाख रुपैंयाँ खुद नाफा कमाएको बैंकको अन्तिम कारोबार मुल्य ४ सय ३ रुपैंयाँ रहेको छ ।


पुष्प दुलाल