एभरेष्ट बैंकको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन



 

काठमाडौं । एभरेष्ट बैंकले भोलि (असार ७) ३३.३३ प्रतिशत हकप्रदका लागि बुक क्लोज गर्ने भएको छ । यसको मतलब बैंकको ३३.३३ प्रतिशत हकप्रद सेयर सुुरक्षित गर्न आजै सेयर किनिसक्नुपर्ने भएको छ ।

बैंकले हालको चुक्ता पुँजीको ३३.३३ प्रतिशतको हिसाबले १ करोड ५० लाख ८८ हजार ८७ कित्ता हकप्रद सेयर बिक्रि गर्न लागेको हो । हकप्रद पश्चात बैंकको चुक्ता पुँजी ६.०३ अर्ब रुपैंयाँ पुग्नेछ ।

एनआइबिएल क्यापिटलले हकप्रद निष्काशन गर्ने भएको छ ।

हकप्रद पश्चात पनि राष्ट्र बैंकले तोकेबमोजिम ८ अर्ब रुपैंयाँ पुँजी पुर्याउन बैंकले थप ३२.५० प्रतिशतले पुँजी बढाउनुपर्नेछ ।

बैंकले चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्म १ अर्ब ५२ करोड रुपैंयाँ खुद नाफा कमाएको छ ।


पुष्प दुलाल