सिटिजन्स बैंकको ५९ औं शाखा मनाङको चामेमा



काठमाडौं । सिटिजन्स बैंकले मनाङको चामेमा ५९औं शाखा संचालनमा ल्याएको छ । बैंकका नायव प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले शाखा आरम्भ गरेका हुन् ।

बैंकको काठमाडौं उपत्यका भित्र २४ र बाहिर ३५ गरी कुल ५९ वटा शाखा, ५८ वटा एटिएम. काउन्टर र ९७ वटा शाखा रहित आधुनिक बैकिङ्ग सेवाबाट ४ लाख १७ हजारभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

बैंकले रेमिट्यान्स सेवा, ड्राफट, भिसा एटिएम कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु साथै रकम झिक्न र राख्न सकिने जस्ता सुबिधाहरु दिदंै आइरहेको छ । ती सबै सेवाहरु यस शाखाबाट पनि उपलब्ध गराउने कार्यकारी अधिकृत पोखरेलले जानकारी दिए ।

मनाङ तथा यस क्षेत्रको वरपरका जनता र व्यवसायीलाई अन्तर्राष्ट्रिय गुणस्तरको बैंकिङ्ग सेवा दिने उद्देश्य चामेमा शाखा खोलिएको पोखरेलले बताए ।


पुष्प दुलाल