आई पे रेमिट्यान्स र सानिमा बैंकबीच रेमिट्यान्स सम्झौता



काठमाडौं । आई पे रेमिट्यान्स र सानिमा बैंक लि. बीच रेमिट्यान्स सम्झौता भएको छ । रेमिट्यान्स सम्झौतासँग ग्राहकले सानिमा बैंकको सम्पूर्ण शाखाहरुबाट भुक्तानी लिन सक्ने छन् ।

आई पेले अमेरिका, साउदी अरब, कतार, मलेशिया, युएई, बेलायत, अष्ट्रेलिया, जापानलगायत नेपाली कार्यरत सबैजसो मुलुकहरुबाट विभिन्न रेमिट्यान्स कम्पनीहरुसँग सहकार्य गरी नेपालमा रेमिट्यान्स भित्र्याउँदै आएको छ ।

आई पे रेमिट्यान्सको नेपामा ३५ सयभन्दा बढी भुक्तानी काउन्टरहरु रहेका छन् ।


पुष्प दुलाल