१४ अंकले घट्यो नेप्से, ५९ करोडको कारोबार



काठमाडौं । स्थानीय निकायको पहिलो चरणको चुनाव पछि घट्न थालेको नेप्सेले दोस्रो चरणको निर्वाचनको उमेद्वारी दर्ताको दिनसम्म आइपुग्दा पनि उभों लाग्ने संकेत देखाएन । आइतबार नेप्से १३.६१ अंकले घटेर १५७५.९८ अंकमा आइपुगेको छ ।

चुनाव अघि नेप्से परिसूचक १६५९.२३ अंक थियो । यसको मतलब पहिलो चरणको चुनाव पछि नेप्से ८३ अंकले घटिसकेको छ ।

कारोबार रकममा पनि खासै उत्साह देखिएको छैन । आइतबार १४३ कम्पनीको ८ लाख ४३ हजार सेयर किनबेच हुँदा ५९ करोड ३३ लाख रुपैंयाँको कारोबार भएको छ । पहिलो चरणको चुनाव अघि दैनिक अर्ब माथिको कारोबार हुने गरेको थियो ।

आइतबार सबै उपसूचकहरु राताम्मे भएका छन् । बैंकिङ १७.४, होटल १८.३६, बिकास बैंक १०.९३, जलबिद्युत ३१.२८, बित्त ०.८५, बीमा १४.७४, उत्पादन ८.७३ र अन्य १.७४ अंकले घटेको छ ।

आइतबार सबैभन्दा बढि प्राइम लाइफको ७ करोड ४६ लाख रुपैंयाँको करोबार भएको छ । ३३.३३ प्रतिशत हकप्रद निष्काशनको तयारी गर्दै गरेको एभरेष्टको ६ करोड ८५ लाख रुपैंयाँको कारोबार भएको छ । तेस्रोमा एनआइसी एसिया बैंकको प्रमोटर सेयरको २ करोड ७५ लाख रुपैंयाँको कारोबार भएको छ ।

आइतबार सबैभन्दा बढि एभरेष्ट इन्स्योरेन्सका लगानीकर्ताले १० प्रतिशतले कमाएका छन् । प्राइम लाइफ र नेपाल इन्स्योरेन्सका लगानीकर्ताले पनि क्रमशः ७.२६ र ४.२० प्रतिशतले कमाएका छन् ।

आइतबार गुमाउनेमा भने एभरेष्ट बैंकका प्रमोटर सेयरधनीहरु छन् । उनीहरुले १० प्रतिशतले गुमाएका छन् । दोस्रोमा न्याग्द ग्रुप पावरका लगानीकर्ताले ५.५ प्रतिशतले गुमाएका छन् ।

 


पुष्प दुलाल