बीमक संघबाट छुट्टिए जीबन बीमा कम्पनी, छुट्टै संघ खुल्दै



काठमाडौं । बीमा कम्पनीहरुको छाता संगठन नेपाल बीमक संघबाट जिनब बीमा कम्पनीहरु छुट्टिने भएका छन् ।

जिबन र निर्जीबन कारोबार गर्ने दुबै बीमा कम्पनीहरु रहेको बीमक संघबाट जिबन बीमाको कारोबार गर्ने कम्पनीहरु छुट्टिने भएका हुन् ।

जिबन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुले छुट्टै बीमक संघ खोल्न लागेका हुन् ।

‘जिबन बीमाको कारोबार गर्ने कम्पनीहरुको मात्रै छुट्टै बीमक संघ खोल्ने तीब्र तयारी भइरहेको छ,’ राष्ट्रिय बीमा संस्थानका प्रमुख कार्यकारी अधिकृत अश्बिनिकुमार ठाकुरले क्लिकमाण्डूसँग भने, ‘यो आर्थिक वर्षभित्रै संघ स्थापना गर्नेगरी काम गरिरहेका छौं ।’

बैंकहरुमा वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनीहरुको छुट्टै संघ भएजस्तै बीमामा पनि जिबन र निर्जीबन कारोबार गर्ने कम्पनीहरुको छुट्टा छुट्टै संघ बनाउन लागिएको नेपाल लाइफ इन्स्योरेन्सका  सीइओ बिबेक झाले बताए ।

हाल १७ वटा निर्जीबन बीमा कम्पनी र ९ वटा जिबन बीमा कम्पनी सञ्चालनमा छन् ।

बीमा समितिले केही समयअघि १० वटा जिबन बीमा कम्पनीलाई लाइसेन्स दिएको छ । त्यसैगरी, थप ४ वटा निर्जीबन बीमा कम्पनीलाई लाइसेन्स दिने तयारी गरेको छ ।

‘नयाँ कम्पनी थपिएपछि जिबन बीमा कम्पनीको संख्या १९ पुग्ने छ,’ एक जिबन बीमा कम्पनीका सइओले भने, ‘यति ठूलो संख्या भएपछि आफ्नो छुट्टै संघको आवश्यकता भएको महशुस गरि संघ खोल्न लागिएको हो ।’

नयाँ संघ खोल्ने मनस्थितिमा रहेका जीबन बीमा कम्पनीका सइओहरु गत माघ २८ गते भएको बीमक संघको साधारणसभामा सबै जिबन बीमा कम्पनीका सीइओहरु उपस्थित भए पनि कार्यसमितिमा बसेका थिएनन् । ।

बीमक संघका एनलएलजी इन्स्योरेन्सका सीइओ बिजय शाह अध्यक्ष थिए । उनले एनएलजी छाडेसँगै शिखर इन्स्योरेन्सका सीइओसमेत रहेका बीमक संघका पूर्वअध्यक्ष दीपप्रकाश पाण्डेलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिइएको छ ।


पुष्प दुलाल