करोडौं ठगेर अमेरिका पुगेका ब्राञ्च म्यानेजरलाई कैलाश विकास बैंकले गर्यो बर्खास्त



काठमाडौं । कैलाश विकास बैंकले सर्वसाधारण र बैंकको करोडौं रुपैयाँ ठगेर २ महिनादेखि फरार कर्मचारी रविचन्द्र खनाललाई बर्खास्त गरेको छ ।

पोखरास्थित लामाचौर शाखाका म्यानेजर रहेका खनाल करोडौं रुपैयाँ ठगी गरी गत बैशाख ३ गतेदेखि फरार थिए । उनी त्यसबेलै भागेर अमेरिका पुगेका थिए ।

ग्राहकको खाता अपचलन गरी ठूलो रकम अनियमितता गरेको भन्दै बैंकले कर्मचारी सेवा बिनियमावली-२०७० को बुँदा नं. ८३ बमोजिम बैंकले जेठ २४ गतेदेखि लागू हुनेगरी भविष्यमा पनि बैंकको कर्मचारी बन्न अयोग्य हुनेगरी बर्खास्त गरेको हो ।


पुष्प दुलाल