२७ अस्पताललाई स्वास्थ्य मन्त्रालयको साढे ४४ करोड अनुदान, कुनलाई कति ?
काठमाडौं । स्वास्थ्य मन्त्रालयले २७ वटा सामुदायीक अस्पताललाई पुँजीगत अनुदान दिने भएको छ । मन्त्रालयलले आर्थिक बर्ष २०७३/७४ को स्वीकृत कार्यक्रमअनुसार सामुदायीक अस्पताललाई अनुदान दिन लागेको हो ।
सामुदायीक अस्पतालहरुलाई (दोश्रो संशोधन) निर्देशिका-२०७३ सामुदायीक अस्पतालहरुलाई पुँजीगत अनुदान उपलब्ध निर्णय भएको मन्त्रालयले जनाएको छ ।
अनुदानका लागि सामुदायिक अस्पतालहरुलाई राष्ट्रिय योजना आयोगको दाँचामा बार्षिक कार्यक्रम तयार गरी स्वास्थ्य मन्त्रालयले स्वीकृतिका लागि सम्बन्धीत अस्पतालहरुलाई सुचना जारी गरेर अनुदान लिन आउन आह्वान गरेको छ ।
कुन अस्पताललाई कति अनुदान ?
संस्थानको नाम | पाउने रकम |
ओमरारा हेल्थ फाउण्डेशन, मुगु | १ करोड ५९ लाख ८४ हजार |
नेपाल अर्थोपेडिक अस्पताल, जोरपाटी | २ करोड १० लाख ९९ हजार |
रेयुकाइ एइको मासुनागा आँखा अस्पताल, धुलिखेल | १ करोड ५६ लाख ६४ हजार |
युनायटेड मिसन अस्पताल, पाल्पा | १ करोड ६६ लाख २४ हजार |
गल्याङ सामुदायीक स्वास्थ्य केन्द, स्याङ्गजा | १ करोड ५० लाख २५ हजार |
धुलिखे अस्पताल, काभ्रे | १ करोड ८८ लाख ६१ हजार |
सुदुरपश्चिमाञ्चल सामुदायीक अस्पताल, कैलाली | २ करोड ४२ लाख ९६ हजार |
गण्डकी ग्रामिण सामुदायीक अस्पताल, स्याङ्गजा | १ करोड ४७ लाख ५ हजार |
नमुना सामुदायीक अस्पताल विकास समिति, लमजुङ | १ करोड ५० लाख २५ हजार |
सामुदायीक प्राकृत्तिक चिकित्सालय, नवलपरासी | १ करोड ४३ लाख ८६ हजार |
गौतम वुद्ध सामुदायीक मुटु अस्पताल, रुपन्देही | १ करोड ४७ लाख ५ हजार |
चौरजहारी अस्पताल, रुकुम | २ करोड ४९ लाख ३६ हजार |
लमजुङ जिल्ला सामुदायीक अस्पताल, लमजुङ | १ करोड ९१ लाख ८१ हजार |
आँप पिपल अस्पताल, गोरखा | १ करोड ८२ लाख २२ हजार |
सहोदर हस्पिटल | १ करोड ९१ लाख ८१ हजार |
वयलपाट अस्पताल, अछाम | २ करोड ८१ लाख ३२ हजार |
चरिकोट अस्पताल, दोलखा | २ करोड ५५ लाख ७५ हजार |
सहिद स्मृति सामुदायीक अस्पताल विकास केन्द्र, नवलपरासी | १ करोड २७ लाख ८७ हजार |
सुषमा कोइराला मेमोरियल अस्पताल, साँगा | २ करोड १० लाख ९९ हजार |
आइएनएफ साइनिङ अस्पताल, बाँके | १ करोड ६६ लाख २४ हजार |
आइएनएफ साइनिङ अस्पताल, सुर्खेत | २ करोड ३९ लाख ७६ हजार |
जनसेवा सामुदायिक अस्पताल, खोटाङ | १ करोड ५० लाख २५ हजार |
डिसिडब्ल्युसी सामुदायिक अस्पताल, काभ्रे | १ करोड ५९ लाख ८४ हजार |
अपी अस्पताल, अमरगढी, डडेल्धुरा | २ करोड ४ लाख ६० हजार |
सुजुङ्ग अस्पताल, दिपायल डोटी | १ करोड ८८ लाख ६१ हजार |
ओखलढुंगा सामुदायिक अस्पताल, ओखलढुंगा | २ करोड ७ लाख ८० हजार |
आँधीखोला विकास तथा वातावरण स्वच्छता समूह, स्याङ्गजा | १ करोड २७ लाख ८७ हजार |