सन् २०१७ मा भारत र चीनको भन्दा नेपालको आर्थिक वृद्धिदर धेरै



काठमाडौं । बिश्व बैंकको ‘ग्लोबल इकोनोमिक प्रोसपेक्ट्स’ रिर्पोटले नेपाल सन् २०१७ को तीब्र गतिमा आर्थिक बृद्धि गर्ने देशहरुको सूचीमा तेस्रो स्थानमा पर्ने प्रक्षेपण गरेको छ ।

बिश्व बैंकले नेपालले सन् २०१७ मा ७.५ प्रतिशत आर्थिक बृद्धि गर्ने प्रक्षेपण गरेको छ । नेपालले मनसुनको बर्षा, पुननिमार्ण र भारतसँगको ब्यापार सहज भएसँगै आर्थिक गति तीब्र पार्न थालेको छ । उता बिश्वको जीडीपी बृद्धिदर भने २.७ प्रतिशत मात्र हुने अनु्मान गरिएको छ ।

भारत ७.२ प्रतिशत आर्थिक बृद्धि सहित चौथो स्थानमा परेको छ । चीन भने अलि सुस्ताउँदै ६.५ प्रतिशतको आर्थिक बृद्धि मात्र गर्ने प्रक्षेपण गरिएको छ । चीन सूचीको १६ औं स्थानमा रहेको छ ।

पहिलो स्थानमा भने इथोपियाले कब्जा जमाएको छ । सन् २०१७ मा इथोपियाले ८.३ प्रतिशतको आर्थिक बृद्धि हासिल गर्ने अनुमान गरिएको छ ।

पूर्वी अफ्रिकी राज्य इथोपियाले पूर्वाधारमा गरेको लगानीले ८.३ प्रतिशतको आर्थिक बृद्धि हुने अनुमान गरिएको हो । यद्यपि ठूलो लगानीले मुलुकको सार्वजनिक ऋणमा भने बृद्धि हुने देखिन्छ ।

सन् २०१७ मा ग्लोबल आर्थिक बृद्धि २.७ प्रतिशत हुने अनुमान छ । बिश्व ब्यापार ४ प्रतिशतले बढ्ने अनुमान छ । सन् २०१६ मा बिश्व ब्यापार २.४ प्रतिशत थियो ।

उज्बेकिस्तान सन् २०१७ को तीब्र गतिमा आर्थिक बृद्धि गर्ने देशको सूचीमा दास्रो स्थनमा पर्ने अनुमान गरिएको छ । बढ्दो तेलको मुल्यका कारण उज्बेकिस्तानले ७.६ प्रतिशत आर्थिक बृद्धि गर्ने प्रक्षेपण गरिएको छ ।


पुष्प दुलाल