बीमामा जागिर खाने हो ? सानिमा लाइफ इन्स्योरेन्समा अवसर खुल्यो
काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्स कम्पनीले रोजगारीका लागि आवेदन माग गरेको छ । कम्पनीले रिजनल म्यानेजरदेखि जुनियर असिस्टेन्टका लागि आवेदन माग गरेको हो ।
कम्पनीले विराजनगर, विरगञ्ज, भद्रपुर, बुटबल, नेपालगञ्ज, धनगडी, पोखरा, सुर्खेतका लागि रिजनल म्यानेजर माग गरेको छ । स्नातक उर्तीण र ५ वर्षसम्म बैंक तथा बीमा कम्पनीमा काम गरेकाले आवेदन दिन सक्ने कम्पनीले जानकारी दिएको छ ।
त्यसैगरी, अन्डरराइटिङ, क्लेम, रिइन्स्योरेन्स, फाइनान्स, आइटि, एडमिस्ट्रेसनका लागि अफिसरका लागि पनि आवेदन माग गरिएको छ । स्नातक उर्तीण र सम्बन्धीत विषयमा ३ बर्ष काम गरेकाले आवेदन दिनसक्ने छन् ।
लिगल अफिसरका लागि कानून विषयमा स्थानतक उर्तीणले आवेदन दिन सक्ने छन् ।
काठमाडौं उपत्यका तथा उपत्यका बाहिरका लागि म्यानेजमेन्ज ट्रेनिका लागि स्नातकोत्तर उर्तीणले आवेदन दिन सक्नेछन् ।
कम्पनीले उपत्यका तथा उपत्यका बाहिरका लागि जुनियर असिस्टेन्ट पदका लागि पनि आवेदन माग गरेको छ । स्नातक उर्तीणले जुनियर असिस्टेन्ट पदमा आवेदन दिन सक्नेछन् ।
आवेदकले कम्पनीको मेल मा असार ८ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।