एशियन लाईफ इन्स्योरेन्सको बिक्री प्रबन्धकमा एनआईबिएल क्यापिटल



काठमाडौं । एशियन लाईफ इन्स्योरेन्सले बिक्री प्रबन्धकमा एनआईबिएल क्यापिटल मार्केट्सलाई नियुक्त गरेको छ । इन्स्योरेन्सले हकप्रदसेयर निष्कासन गर्नको लागि एनआइबिएललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।

एशियन लाईफ ईन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजेश कुमार श्रेष्ठ र एनआईबिएल क्यापिटल मार्केट्सका महाप्रबन्धक मेख बहादुर थापा बीच बुधबार उक्त संझौतापत्रमा हस्ताक्षर भएको छ ।

इन्स्योरेन्को २०७३ चैत १७ गते सम्पन्न आठांै तथा नवौं बार्षिक साधारण सभाबाट चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय भएको थियो । साधारण सभाको निर्णय बमोजिम इन्स्योरेन्सले प्रतिसेयर एक सय रुपैयाँको दरले ४० लाख २७ हजार ९ सय ६६ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ । हकप्रद शेयर निष्कासन पश्चात यस कम्पनीको चुक्ता पुँजी १ अर्ब २० करोड ८३ लाख ८९ हजार ८ सय ६० रुपैयाँ पुग्नेछ ।

इन्स्योरेन्सको हाल ७२ वटा उपशाखा तथा २३ वटा शाखा कार्यालयहरु रहेका छन् ।


पुष्प दुलाल