८ जीबी र्यामको मोबाइल बजारमा, ४० मिनेटमा फुल चार्ज




काठमाडौं । चीनको एन्ड्रोइड फोन निर्णमाता कम्पनी जेटटिइले नूबिया जेट१७ सार्वजनिक गरेको छ । फोन निलो, कालो, गोल्डेनलगायत ५ रंगमा उपलब्ध छ ।

नूबिया जेट१७ को मुल्य २ हजार ७ सय ९९ चिनियाँ युआन राखिएको छ ।

स्मार्टफोनमा डुअल रियर क्यमरा, स्न्याप ड्रागन ८३५ एसओसि, एड्रोइड नोगट फिचरले फोनलाई विषेश बनाउँछ । यसका साथै हालै लन्च गरिएको क्वालकम क्विक चार्च ४ प्लस सर्पोटका साथ आउने यो पहिलो फोन हो । साथै ८ जिबी र्याम भएको पहिलो स्मार्टफोन पनि हो । फोनमा साउन्ड क्वालिटिलाई उत्कृष्ट बनाउनका लागि डबल एटमोस स्पिकर र आइआर ब्लास्टर राखिएको छ । नूबिया जेट१७ लाई रिमोटको रुपमा प्रयोग पनि गर्न सकिन्छ ।

नूबिया जेट१७ को फिचर

नूबिया जेट१७ मा ५.५ इन्च फुल एच आइपिएस डिस्प्ले । रेजोल्यूसन १ हजार ८ सय भागा १९ सय २० पिक्सल छ । फोनको डिस्प्ले सुरक्षित राख्नका लागि कोर्निग गोरिल्ला ग्लासबाट सुरक्षा प्रधान गरिएको छ । साथै क्लाकमको नयाँ स्नैपड्रागोन ८ सय ३५ प्रोसेशर छ । फोनमा २३ मेगापिक्सल प्लस १२ मेगापिक्सलको डबल रियर क्यामरा छ । क्यमारा २x ओप्टिकल जूम, १०x डायनामिक जूम हुन्छ । फ्रन्ट क्यामरा पनि १६ मेगापिक्सलको छ ।

फोनमा ३२ सय एमएएचको ब्याट्री छ । यो पहिलो स्र्माट फोन हो जस्मा क्विक र्चा ४+ सपोर्टका साथ उपलक्ध छ । यो स्मार्टफोन ४० मिटेमा फुल चार्ज हुन्छ । फोनमा नियोपार ३.० नामको एउटा फिचर दिएको छ । यस फिचरले ब्याकग्राउनमा चलेको फिचरलाई अटोमेटिक बन्द गर्छ । एकपटक फुलचार्च गरिएमा अडाई दिनसम्म फोन लगातार चलिरहन्छ ।

कनेक्टििभिटिका लागि फोनमा ब्लूटूथ ४.१, वाई–फाई ८०२.११ ए/बी/जी/एन/एसी, जीपीएस, ग्लोनास, एनएफसी, इन्फ्राइरेडपोर्ट र यूएसबी टाइप–सी पोर्ट जस्ता फिजर रहेका छन् । फोनको चौडाइ १५२.६ भागा ७.२ मिलीमीटर र तौल १७३ ग्राम छ । फोन कम्पनीको वेवसाइट jd.com मा जून ६ देखि उपलब्ध छ ।


पुष्प दुलाल