एनएमबि बैंकले सुरु गर्यो शैक्षिक कर्जा, एक करोडसम्म लिन सकिने




काठमाडौं । एनएमबि बैंकले ‘एनएमबि बैंक शैक्षिक कर्जा’ सेवाको सुरुवात गरेको छ । स्वदेश तथा विदेशमा पढ्न चाहने विद्यार्थीहरुका लागि सहयोग गर्ने उद्देश्यले ‘एनएमबि बैंक शैक्षिक कर्जा’को सुरुवात गरेका बैंकले जानकारी दिएको छ ।

शिक्षामा आत्मनिर्भता भन्ने नारालाई आत्मसाथ गर्दै ल्याइएको शैक्षिक कर्जाको कर्र्जा अवधि १० वर्षसम्म हुनेछ । शैक्षिक कर्ता १ करोड रुपैयाँसम्म लिन सकिने छ । शैक्षिक कर्जाका लागि आवेदन दिएको ५ दिन भित्रमा उपलब्ध गराईने बैंकले जानकारी गराएको छ ।


पुष्प दुलाल