शेरबहादुरले भने- अदालतको विषयमा म अहिले केही बोल्दिन



काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा नयाँ प्रधानमन्त्रीका उम्मेद्वार शेरबहादुर देउवाले आफू अदालतको विषमा केही पनि नबोल्ने बताएका छन् ।

मंगलबार संसदमा सम्बोधन गर्दै प्रधानन्यायधीसमाथि लागेको महाअभियोग फिर्ता भइसकेको अवस्थामा अदालतको विषयमा केही बोलिरहनु जरुरी नभएको देउवाले प्रष्ट पारे ।

‘चितवनमा मतपत्र च्यातेको विषयमा संवैधानिक निकाय निकाय निर्वाचन आयोगले गरेको निर्णय हामी मान्छौं, एमालेले निर्वाचन आयोगको निर्णयमा असहमति जनाउँदै हदालत गएको छ,’ देउवाले भने,- ‘अदालत जान पाइन्छ । यो विषय अदालतमा पुगिसकेकाले म अहिले केही पनि बोल्दिन ।’

प्रधानन्यायधीस शुसीला कार्कीलाई कांग्रेस र एमालेले महाअभियाग प्रस्ताव संसदमा दर्ता गराएका थिए ।


पुष्प दुलाल