नेवारी भाषा अब काठमाडौं महानगरभित्रको सरकारी भाषा



काठमाडौं । काठमाडौं महानगरपालिकाको सरकारी कामकाजको भाषाको रुपमा नेपाली र नेपाल (नेवारी) भाषा तथा रञ्जना लिपी महानगरको बोर्ड र लेटरप्याडमा प्रयोग गरिने भएको छ ।

महानगरपालिकाका नगर कार्यपालिका समितिको जेष्ठ १७ गते बसेको प्रथम बैठकले महाहनगरपालिकाको कामकाजी भाषाको रुपमा नेपाली र नेपाल भाषा तथा रञ्जना लिपी महानगरका कार्यालयका बोर्ड तथा लेटरप्याडमा प्रयोग गरिने निर्णय गरिएको थियो ।

नगर कार्यपालिको निर्णय अनुसार महानगर कार्यालयले कामकाजी भाषको रुपमा नेपाल र नेपाली भाषा र रञ्जना लिपी महानगरका कार्यालयका बोर्ड तथा लेटरप्याडमा प्रयोग गर्ने प्रक्रिया अगाडि बढाएको हो ।

महानगरको कामकाजी भाषाको रुपमा नेपाली र नेपाल भाषा तथा रञ्जना लिली सम्पुर्ण कार्यालयका बोर्ड र लेटरप्याडमा प्रयोग गर्ने प्रक्रिया अगाडि बढेको महानगरपालिकाका कार्यकारी अधिकृत ईश्वरराज पौडलले जानकारी दिए ।

‘कामकाजी भाषाको रुपमा नेपाल भाषाको प्रयोगका लागि बजारबाट मान्छे ल्याउने छैनौं, नेपाल भाषामा दक्ष हाम्रौ कर्मचारीको प्रयोग गर्ने छौं, यसका लागि गृहकार्य भइरहेको छ,’ पौडेलले क्लिकमाण्डूसँग भने ।

रञ्जना लिपी सम्पुर्ण कार्यालयका बार्ड तथा लेटरप्याडमा प्रयोग गर्नका लागि जेष्ठ २२ गते सम्पुर्ण वडा कार्यालयमा चिठी पठाईएको अधिकृत पौडेलले जानकारी दिए ।

‘अबको एक हप्ताभित्रमा महानगरको बोर्ड तथा लेटरप्याडमा रञ्जना लिपीको प्रयोग हुनेछ,’ पौडेलले भने ।


पुष्प दुलाल