सिद्धार्थ बैंकको निमित्त सीइओमा शम्भुनाथ गौतम



काठमाडौं । सिद्धार्थ डेभलपमेन्ट बैंकको सञ्चालक समितिले निमित्त प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा शभ्मुनाथ गौतमलाई नियुक्त गरेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीको राजिनामा स्वीकृत गर्दै गौतमलाई निमित्त सीइओमा नियुक्त गरेको हो । गौतम बैंकमा डेपुटी सीइओको रुपमा कार्यरत थिए ।

३ वर्षे कार्यकाल बाँकी रहे पनि भण्डारी सिद्धार्थ बैंक छाडेर कुमारी बैंकमा सीइओ बनिसकेका छन् ।


पुष्प दुलाल