बेस्ट रेमिट र एभरेष्ट बैंकबीच रेमिट्यान्स सम्झौता




काठमाडौं । बेस्ट रेमिट नेपाल र एभरेष्ट बैंकबीच रेमिट्यान्स भुक्तानी सम्बन्धी सम्झौता भएको छ । यो सम्झौतापछि बेस्ट रेमिट,एभरेष्ट बैंकको एक मात्र आधिकारिक भुक्तानी एजेन्ट बनेको छ ।

उक्त सम्झौता पत्रमा बेस्ट रेमिटका तर्फबाट प्रबन्ध निर्देशक दिवाकर पौडेल र एभरेष्ट बैंकका नायव महाप्रबन्धक राजिव जैनले हस्ताक्षर गरेका छन् ।

बेष्ट रेमिटका प्रबन्ध निर्देशक पौडेलले विदेशबाट बैंकिङ च्यानलमार्फत पैसा पठाउनेहरुको पहुँच बृद्धि गर्न तथा रेमिट्यान्स रकमलाई सेवाग्राहीसम्म सहज ढंगमा पु¥याउन एभरेष्ट बैंकसँगको सम्झौताले थप आयाम थपेको बताए ।

विश्वका विभिन्न मुलुकबाट स्वदेशमा रेमिट्यान्स भित्र्याउँदै आएको बेस्ट रेमिटले यो सम्झौतापछि एभरेष्ट बैंकमार्फत विश्वका विभिन्न मुलुकबाट भित्रिएको रेमिट्यान्स रकम आफ्ना मुलुकभर रहेका ५ हजारभन्दा बढी एजेन्ट तथा सव–एजेन्ट र सम्झौता भएका बैंक तथा वित्तिय संस्थाहरुबाट लिन सकिने जनाएको छ ।

बेष्ट रेमिटले आफ्ना सेवाग्राहीलाई थप सहज र सुलभ बनाउँदै लैजान विभिन्न बैंक तथा वित्तीय संस्थाहरुका साथै नीजि कम्पनीहरुसँग रेमिट्यान्स भुक्तानी सम्बन्धी सम्झौतालाई प्राथमिकता दिँदै आएको छ ।


पुष्प दुलाल