बर्दियाको बाँसगढीमा सेञ्चुरी बैंकको ३२ औ शाखा



बर्दिया । सेञ्चुरी कमर्सियल बैंकले देशको पश्चिमी भागका बर्दियामा शाखा विस्तार गरेको छ । बैंकले बर्दियाको बासगढी नगरपालिका ८ मा ३२ औं शाखा कार्यालय जेष्ठ १६ गतेबाट मंगलबारबाट सचालनमा ल्याएको हो ।

साथै, बैंकले काठमाण्डौको मुलपानीमा रहेको ग्रिनहल सिटी हाउजिङमा शनिबारदेखि एटिएम सेवा सुरु गरेको छ ।

सेञ्चुरी बैंकले २०७४ जेष्ठ २८ गतेबाट भैरहवामा केन्द्रिय कार्यालय रहेको इन्नोभेटिभ डेभलपमेन्ट बैंक र बनेपामा केन्द्रिय कार्यालय रहेको अरनिको डेभलपमेन्ट बैंकलाई प्राप्ती (एक्विजिसन) गरी एकीकृत कारोबार गर्ने जानकारी दिएको छ । प्राप्तीसँगै बैंकको शाखाहरु देशभर ५३ वटा हुनेछ ।


पुष्प दुलाल