प्रिमियरले किन घटायो एफपिओको मुल्य ?



काठमाण्डौं । एफपिओ जारी गर्नका लागि धितोपत्र बोर्डमा आवेदन दिएको प्रिमियर इन्स्योरेन्स कम्पनीले एफपिओको पूर्वनिर्धारित मुल्य घटाएर प्रिमियम सहित प्रतिकित्ता ८ सय ९५ रुपैंयाँ कायम गरको छ ।

यसअघि कम्पनीले प्रिमियम सहित प्रतिकित्ता १ हजार ४ सय रुपैंयाँमा एफपिओ बिक्री प्रस्ताव गरेको थियो ।

कम्पनीले धितोपत्र बोर्डले जारी गरेको नयाँ निर्देशिका बमोजिम एफपिओको मुल्य तय गरेको जनाएको छ ।

कम्पनीले ६ लाख ५९ हजार ५ सय ६५ कित्ता सेयरको लागि आवेदन दिएको छ ।

कम्पनीले एनएमबि क्यापिटललाई इस्यु म्यानेजर नियुक्त गरेको छ ।

गत बर्षको नाफको २० प्रतिशत बोनस सेयर पश्चात कम्पनीको चुक्ता पूँजी ४४ करोड ८५ लाख रुपैंयाँ पुगेको छ ।

बीमा समितिको निर्देशन बमोजिम कम्पनीले १ अर्ब रुपैंयाँ चुक्ता पूँजी पुर्याउनु पर्नेछ ।


पुष्प दुलाल