वातावरण दिवसमा लक्ष्मी बैंकले रोप्यो ७ सय विरुवा

क्लिकमान्डु २०७४ जेठ २२ गते १२:०० मा प्रकाशित


काठमाडौं । लक्ष्मी बैंकले विश्व वातावरण दिवसको अवसरमा नेपाल आर्मी इन्स्टिच्युट अफ हेल्थ साइन्सलाई वृक्षा रोपणमा सहयोग गरेको छ । क्याम्पस परिषदमा बैंकका कर्मचारी, हेल्थ साइन्सका विद्यार्थी र क्याम्पस प्रसाशनले ७ सय वटा विरुवा रोपेको हो ।

राष्ट्रिय प्रकृति संरक्षण कोष र जिल्ला बन कार्यालय काठमाडौंले वृक्षा रोपणका लागि प्राविधिक र परार्मश सहयोग गरेको बैंकले जानकारी दिएको छ ।

बैंक हरित विकास योजनामा अन्तरगत कार्यक्रम गरिरहेको छ । बैंकले कागजको प्रयोग निषेध गर्नका लागि इन्टरनेट, कार्ड र मोबाइल ब्याकिङबाट सेवा गरिरहेको छ ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स