सहकारीको सुदृढिकरणका गर्न सम्पत्ति शुद्धिकरण तालिम



काठमाडौं । सहकारी विभागको सहयोगमा राष्ट्रिय सहकारी संघ लि. नेपालले सहकारी क्षेत्रको सुदृढीकरणका लागि सम्पत्ती शुद्धिकरण तथा सहकारी तथा गरिवी निवारण सूचना प्रणाली (कोपामिस) विषयक तीन दिने तालिम शनिवाबारबाट शुरु गरेको छ ।

सोमबारसम्म संचालन हुने सो तालिममा काठमाडौं, भक्तपुर, ललिलतुर र मध्यपुश्चिमका जिल्लाहरुका सहकारी संघ/संस्थाका करिब ५५ जनाको सहभागीता रहेको छ ।

तालिमको उद्घाटन राष्ट्रिय सहकारी संघ नेपालका संचालक तथा शिक्षा उपसमितिका संयोजक माधव दुलालले गर्नुभएको थियो । उनले सहकारी क्षेत्रको सुदृढिकरणका लागि सम्पत्ती शुद्धिकरण अभिमुखिकरण तालिम संचालन गरिएको बताए ।
शुद्ध धनलाई मात्र सहकारीमा प्रोत्साहन गर्ने उद्देश्यले तालिम संचालन भएको समेत जानकारी दिएका थिए ।

उद्घाटन सत्रमा संघका लेखा समिति सदस्य उमेश महासेठले तालिमपछि सहकारी संघ/सस्थाले कारोबारको प्रतिवेदन, अभिलेख व्यवस्थापन गर्ने विषयमा थप जानकारी प्राप्त गर्ने बताउनुभयो । संघका महाप्रबन्धक रामभजन शाहले तालिमको औचित्यमाथि प्रकाश पारेका थिए ।

तालिममा सम्पत्ति शुद्धिकरण सम्बन्धी शब्दाली र सूचक संस्थाको दायित्वसम्बन्धी विषयमा सहकारी विभागका उपरजिष्ट्रार नारायाण् प्रसाद अर्यालले प्रकाश पारेका थिए ।
त्यसैगरी उपरजिष्ट्रार नारायाण प्रसाद ज्ञवालीलले सदस्य तथा वास्तविक भनीको पहिचान र जोखिम मुल्यांकन विषयमा प्रस्तुती गरेका थिए ।

तालिममा सम्पत्ती शुद्धिकरण विभागले सम्पत्ती शुद्धिकरण तथा आतङवादी क्रियाकलापमा वित्तीय लानी, कसुर र दण्डसजायको विषयमा प्रस्तुत गर्ने कार्यक्रम छ ।

त्यसैगरी नेपाल राष्ट्र बैंककातर्फबाट कारोबारको प्रतिवेदन, अभिलेख व्यवस्था र वित्तीय जानकारी इकाइबाट जानरी निर्देशनहरुको विषयमा प्रष्ट पार्ने कार्यक्रम छ।

त्यसैगरि सहकारी तथा गरिवी निवारण मन्त्रालयका सह सचिव सुरेश प्रधान, रघुराम विष्ट, राजन दाहाल, सहकारी विभागका हरि पौडेलले प्रशिक्षण दिने कार्यक्रम रहेको संघले जनाएकोछ ।

सम्पत्ती शुद्धिकरण तथा सहकारी तथा गरिवी निवारण सूचना प्रणालीको विषयमा अन्य तालिमहरुसमेत संचालन गर्ने कार्यक्रम रहेको संघका महाप्रबन्धक रामभजन शाहले बताए ।


पुष्प दुलाल