म्याद थपको लागि शर्मालाई विशेष अदालत लगियो



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रक्राउ गरेका आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणी शर्मालाई म्याद थप गर्न विशेष अदालतमा पेश गरिएको छ ।

औपचारिक कार्यक्रममा दौरा सुरुवालमा देखिने शर्मा विशेष अदालतमा पुग्दा भने सर्ट पाइन्ट कोर्टमा थिए ।

म्याद थपको लागि अदालत पुग्दा शर्माले आफुमाथी अन्याय भएको बताए । उनले सरकारले कानून अनुुसार गठन गरेको कर फस्र्योट आयोग माथि अख्यियारले अनुसन्धान गर्न नपाउने बताए ।

शर्मा सदस्य सचिव रहेको  कर फस्र्योट आयोगले ३० अर्ब रुपैयाँ कर मिनाह गरेको थियो ।


क्लिकमान्डु