नेपाल एम्बुलेन्स सर्भिसको सेवा चितवन र पोखरामा शुरु



काठमाडौं । नेपाल एम्बुलेन्स सर्भिसले दक्ष स्वास्थ्यकर्मीहरु सहितको एम्बुलेन्स सेवा थप २ स्थानहरुमा बिस्तार गरेको छ । सर्भिसले चितवन र पोखरामा आकस्मिक एम्बुलेन्स सेवा संचालन शुरु गरेको छ ।

अहिलेसम्म संस्थाले काठमाडौं उपत्यकाभरी सेवा प्रदान गरि रहेकोमा नयाँ स्थानहरुमा थप सेवा बिस्तार गरेको हो । संस्थाको नयाँ सेवा बिस्तार पछि ३ स्थानमा सेवा संचालन हुनेछ । हाल संस्थाले ११ वटा एम्बुलेन्समार्फत सो स्थानहरुमा सेवा प्रदान गर्दैछ ।

सो स्थानहरुमा संस्थाले २४ सै घण्टा आकस्मिक एम्बुलेन्स सेवा प्रदान गर्नेछ । सेवा लिनका लागि सेवाग्राहीले आकस्मिक एम्बुलेन्स सेवाको १०२ नम्बरमा फोन गर्नु पर्नेछ ।

सरकारले तोकेको न्यूनतम शुल्कमा संस्थाले आकस्मिक एम्बुलेन्स सेवा प्रदान गर्दै आईरहेको छ ।

संस्थाले असार १ गते देखि रुपन्देहीको बुटवल र भैरहवामा पनि आकस्मिक एम्बुलेन्स सेवा संचालन गर्ने तयारी गरिरहेको जनाएको छ ।


क्लिकमान्डु