बजारमूल्य ७८१, एफपिओको मूल्य १००, कुन किन्ने ?



काठमाडौं । नेपाल ग्रामीण बिकास बैंकले ९ लाख ७५ हजार कित्ता एफपिओ बिक्रि गर्ने अनुमतिका लागि धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

कम्पनीले १०० रुपैंयाँ फेस भ्याल्युमा कुनै प्रिमियम भने जोडेको छैन । १०० रुपैंयाँ फेस भ्याल्युमै एफपिओ जारी गर्न लागेको कम्पनीको अन्तिम कारोबार मूल्य भने ७ सय ८१ रहेको छ ।

कम्पनीले प्रभु क्यापिटललाई इस्यु म्यानेजरको रुपमा नियुक्त गरेको छ ।

कम्पनीले चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्म १९ करोड ५८ लाख रुपैंयाँ खुद नाफा कमाएको छ ।

एफपिओ पश्चात कम्पनीको चुक्ता पूँजी ६५ करोड ५० लाख रुपैंयाँ पुग्नेछ भने प्रमोटर र सर्वसाधारणको सेयर अनुपात क्रमशः ६९.९० प्रतिशत र ३०.१० प्रतिशत पुग्नेछ ।


पुष्प दुलाल