पूर्वाधार विकास बैंक आगामी वर्षमै, निश्चित अंश पुनर्बीमा नेपालमै




काठमाडौं । सरकारले आगामी आर्थिक वर्षभित्रमा पूर्वाधार विकास बैंक स्थापना गरिसक्ने भएको छ । यस्तो बैंक स्थापना गर्ने कार्यक्रम यस अघिका बजेटहरुमा आउने गरेपनि आगामी आर्थिक वर्षभित्रमा स्थापना गरिसक्ने कार्यक्रम बजेटमा राखिएको हो ।

आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गर्दै अर्थमन्त्री कृष्णबहादुर महराले यस्तो जानकारी दिएका हुन् । साथै, नेपालका बीमा कम्पनीले आफ्नो बीमा लेखको निश्चित अंश नेपालकै पुनर्बीमा कम्पनीमा अनिर्वाय रुपमा पुनर्बीमा गराउनु पर्ने भएको छ ।


पुष्प दुलाल