बजेटको ब्रिफकेस बोकेर संसद भवन पुगे अर्थमन्त्री महरा



काठमाडौं । अर्थमन्त्री कृष्णबहादुर महरा बजेटको ब्रिफकेस बोकेर संसद भवन पुगेका छन् । मन्त्री महराले संसदमा १२ खर्ब ७८ अर्ब रुपैयाँ बराबरको आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दैछन् ।

बजेट प्रस्तुत गर्न अर्थमन्त्री कृष्णबहादुर महरा संसद् पुगेपनि एमालेले प्रधानन्यायधीशमाथीको महाभियोग फिर्ता लगायतका माग सरकारले पुरा नगरेको भन्दै एमालेले सदन चल्न नदिने अडान राखेपछि तोकिएको समयमा बजेट भाषण सुरु हुन सकेको छैन ।

पूर्वनिर्धारित समय अनुसार बजेट भाषण ४ बजे गर्ने कार्यतालिका थियो । तर एमालेको अवरोधका कारण ४ बजेर ४५ मिनेट जाँदासम्म अर्थमन्त्रीले बजेट भाषण सुरु गर्न सकेको छैनन् ।

 


पुष्प दुलाल