आगामी आर्थिक २०७४/७५ को बजेटः १२ खर्ब ७८ अर्ब ९९ करोड, स्थानीय तहलाई २ खर्ब २५ अर्ब




काठमाडौं । सरकारले आगामी आर्थिक बर्षका लागि १२ खर्ब ७८ अर्ब ९९ करोड ४८ लाख रुपैयाँको बजेट सार्बजनिक गरेको छ । बजेटको आकार चालु आवकोभन्दा करिब २२ प्रतिशतले ठूलो आकारको हो ।

यसमध्ये चालु खर्चतर्फ ८ खर्ब ३ अर्ब ५३ करोड १४ लाख रुपैयाँ छ भने पुँजीगत खर्च तर्फ ३ खर्ब ३५ अर्ब २७ करोड ५९ लाख रुपैयाँ छ । वित्तीय ब्यवस्थापन तर्फ १ खर्ब ४० अर्ब २८ करोड ७४ लाख रुपैयाँ छ ।

अर्थमन्त्री कृष्णबहादुर महराले सार्बजनिक गरेको बजेटमा खर्चका स्रोतमध्ये राजस्वबाट ७ खर्ब ३० अर्ब ५ करोड ५५ लाख रुपैयाँ छ भने बैदेशिक सहायता ७२ अर्ब १७ करोड २८ लाख, बैदेशिक ऋणबाट २ खर्ब १४ अर्ब र आन्तरिक ऋणबाट १ खर्ब ४५ अर्ब जुटाइने छ । चालु खाताको नगद मौज्दातबाट १ खर्ब रुपैयाँ बजेट स्रोतको ब्यवस्था गरिने भएको छ ।

यस्तो छ, केन्द्र सरकारले संचालन गर्ने आयोजना र त्यसको लागि बजेटको ब्यवस्था

सरकारले खास केही कार्यक्रमको लागि आवश्यक बजेटको ब्यवस्था गरेको जानकारी दिएको छ । अर्थमन्त्री कृष्णबहादुर महराले आगामी आर्थिक बर्षका लागि ल्याएको बजेटमा यस्तो ब्यवस्था गरिएको जानकारी दिएका हुन् ।

मन्त्री महराका अनुसार भूकम्प पछिको पुननिर्माणका लागि १ खर्ब ४६ अर्ब रुपैयाँ बजेट छुट्टयाइएको छ ।

अर्थमन्त्री कृष्णबहादुर महराले १२ खर्ब ७८ अर्ब रुपैयाँ बराबरको आगामी आर्थिक वर्ष २०७४/७५ को बजेट संसदमा प्रस्तुत गर्दैछन् ।

यो पनि पढ्नुहोस्- सुवर्ण शमशेरको त्यो बजेट… (पूर्णपाठसहित)


पुष्प दुलाल