नेप्से १४ अंकले घट्यो, ७५ करोडको कारोबार




काठमाडौं । साताको पहिलो दिन नेपाल स्टक एक्सेन्ज (नेप्से) परिसुचक १४ अंकले घटेको छ । आइतबार १६२९.५८ अंकबाट कारोबार सुरु गरेको नेप्से १६१५.५८ अंकमा अडेको छ ।

आज १ सय ४८ कम्पनीका १४ लाख ७६ हजार कित्ता सेयर किन बचे भएको छ । ७५ करोड ६० लाख १७ हजार रुपैयाँको कारोबार भएको छ ।

होटल समुह १३.१५ र अन्य समुह २५.७४ अंकले बढेको छ ।

बैंकिङ समुह १७, विकास बैंक समुह १७.४, जलविद्युत समुह २७.८४, वित्तिय समुह ७.३४, बीमा समुह १३४.३ र उत्पादन मुलक समुह ३६.९३ अंकले घटेको छ ।
आरएसडिसी लघुवित्त वित्तिय संस्थानका लगानीकर्ताले ८.११ प्रतिशतले कमाएका छन् ।

आज कमाउने लगानीकर्तामा बोटर्लस नेपाल (तराई) लिमिटेड ५.६२ प्रतिशत र कर्णाली डेभलपमेन्ट बैंक ५.१६ प्रतिशतले गुमाएका छन् ।


पुष्प दुलाल