असार १ देखि स्वरोजगार लघुवित्तको ५० प्रतिशत हकप्रद



काठमाडौं । स्वरोजगार लघुबित्तले आफ्ना सेयरधनीका लागि आगामी असार १ गते देखि ५० प्रतिशत हकप्रद बिक्री गर्ने भएको छ ।
सेयरधनीहरुले आगामी साउन ४ गतेसम्म हकप्रदमा आवेदन दिन सक्नेछन् ।

कम्पनीले हालको चुक्ता पूँजीको ५० प्रतिशतको हिसाबले ३ लाख ४९ हजार ९ सय ९३ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो ।

कम्पनीले ५० प्रतिशत हकप्रदका लागि भोली जेठ १७ गते बुक क्लोज गर्ने भएको छ । यसको मतलब कम्पनीको हकप्रल सुरक्षित गर्ने आज अन्तिम दिन हो ।

एनएमबी क्यापिटल हकप्रदको इस्यु म्यानेजर रहेको छ । हकप्रद पछि कम्पनीको चुक्ता पूँजी हालको ६ करोड ९९ लाखबाट १० करोड ४९ लाख पुग्नेछ ।

कम्पनीले चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्म २.०३ करोड रुपैंयाँ खुद नाफा कमाएको छ ।


पुष्प दुलाल