कुमारी बैंकको ३ लाख ६६ हजार कित्ता सेयर लिलामीमा



काठमाडौं । कुमारी बैंकले आज (जेठ १४) बाट हकप्रदमा नबिकेको ३ लाख ६६ हजार ५ सय ६२ कित्ता सेयर लिलामी गर्ने भएको छ ।

यसमध्ये ८६ हजार ९२ कित्ता प्रमोटर र २ लाख ८० हजार ४ सय ७० कित्ता सेयर सर्वसाधारण समूहका रहेका छन् । बैंकले गत चैतमा ५० प्रतिशत हकप्रद बिक्री गरेको थियो ।

लिलामी आगामी जेठ २१ गतेसम्म खुल्ला रहनेछ । इच्छुक लगानीकर्ताले प्रतिसेयर १०० रुपैंयाँभन्दा बढीमा बोलकबोल गर्न सक्नेछन् ।
सिद्धार्थ क्यापिटलले ब्यवस्थापन गर्ने सेयर लिलामीमा सिद्धार्थ क्यापिटलको कार्यालय नक्सालबाट आवेदन दिन सकिनेछ ।

चालु आर्थिक बर्षको तेस्रो त्रैमासम्म ३७ करोड ५९ लाख रुपैंयाँ कमाएको बैंकको अन्तिम सेयरमुल्य ३ सय ३५ रुपैंयाँ छ ।


पुष्प दुलाल