छ्याङ्दी हाइड्रोपावर आइपीओ खुल्यो, कहाँबाट दिने आवेदन ?



काठमाडौं । छ्याङ्दी हाइड्रोपावरले आज (जेठ १४) बाट प्रतिकित्ता १०० रुपैंयाँ अंकित दका ५ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरेको छ ।

निष्काशन छिटोमा जेठ १८ गते र ढिलोमा जेठ २८ गते बन्द हुनेछ । इच्छुक लगानीकर्ताले घटिमा ५० र बढीमा २७ सय कित्तासम्म आवेदन दिन पाउँनेछन् ।

कम्पनीले १० हजार ८ सय कित्ता सेयर आफ्ना कर्मचारी र २७ हजार कित्ता सेयर बिभिन्न म्युचल फण्डहरुका लागि छुट्याएको छ ।
कम्पनीले यसअघि प्रभावित क्षेत्रका बासिन्दाका लागि २ लाख ७० हजार कित्ता सेयर निष्काशन गरिसकेको छ ।

ग्लोबल आइएमइ क्यापिटल इस्यु म्यानेजर रहेको यस आइपिओमा सर्वसाधारणले निम्न स्थानहरुबाट आवेदन दिन सक्नेछन् ।


पुष्प दुलाल