नयाँ बजेटः ५ वर्षमा दोब्बर हुनेगरी तलब बढाउन कांग्रेसी कर्मचारीको दबाब



काठमाडौं । कांग्रेस समर्थिन निजामति कर्मचारी संघले नयाँ बजेटमार्फत निजामति कर्मचारीको तलब/भत्ता बढाउन सरकारलाई दबाब दिएको छ । अर्थमन्त्री कृष्णबहादुर महरा, अर्थसचिव शान्तराज सुवेदी, कांग्रेसका केही प्रभावशाली नेता र मन्त्रीहरुलाई भेटेर संघले कर्मचारीको तलब बढाउन दबाब दिएको हो ।

स्वाचालित प्रणालीमा आधारित भएर निजामति कर्मचारीहरुको तलब/भत्ता बढाउनुपर्ने आफूहरुको माग रहेको संघमा अध्यक्ष सुवास देवकोटाले बताए ।

‘गत वर्ष जेठ १९ गते निजामति कर्मचारीको चुनाव थियो । ओली सरकारले चुनाव प्रभावित पार्न जेठ १५ गतेको बजेटमा तलब/भत्ता बढाइदियो । र, निजामति कर्मचारीको चुनाब जित्यो,’ देवकोटाले भने,- ‘कांग्रेस र माओवादी चाहीँ आचारसिंहता भनेर बस्ने अनि एमालेलाई चाहिँ आचारसिंहता नलाग्ने ?’

‘हामीले महंगी र जनजीनलाई मध्यनजर गर्दै स्वचालित प्रणालीमा तलब/भत्ता बढाउनु पर्ने माग गरेका छौं,’ अध्यक्ष देवकोटाले क्लिकमाण्डूसँग भने,- ‘हामीले भनेको प्रणाली लागू भए निजामति सेवामा कार्यरत कर्मचारीहरुको तलब ५ वर्षमा दोब्बर हुन्छ ।’

स्वचालि प्रणालीमा तलब बढाउँदा वार्षिक औषतमा १६/१७ प्रतिशतले तलब तथा भत्ता वृद्धि हुने उनको भनाई थियो ।

नयाँ बजेटमार्फत कर्मचारीको तलब बढाउनै पर्ने आफूहरुको माग भएको र यसमा चुनावी आचारसिंहता लागू नहुने उनले दाबी गरे ।

‘गत आर्थिक वर्षमा जेठ १९ गते निजामति कर्मचारीको चुनाव थियो । ओली सरकारले चुनाव प्रभावित पार्न जेठ १५ गतेको बजेटमा तलब/भत्ता बढाइदियो । र, निजामति कर्मचारीको चुनाब जित्यो ।’ देवकोटाले भने,- ‘कांग्रृस र माओवादी चाहीँ आचारसिंहता भनेर बस्ने अनि एमालेलाई चाहिँ आचारसिंहता नलाग्ने ?’

संघले केही दिनअघि अर्थमन्त्री महरालाई आफ्नो १९ बुँदे मागपत्र पनि बुझाइसकेको छ । मागपत्रमा निजामति कर्मचारीको लगानीमा ५ सय मेगावाटको आइड्रोपावर बनाउन बजेटमार्फत दिनुपर्ने उल्लेख छ ।

त्यसैगरी, योगदानमा आधारित निजामति कर्मचारी कल्याण कोषको व्यवस्था गर्नुपर्ने संघको माग छ ।

‘यसरी कोषमा जम्मा भएको रकमले हरेक प्रदेशमा निजामति अस्पताल र निजामति विद्यालय बनाउन माग गरेका छौं,’ देवकोटाले भने ।

सरकारले सोमबार आगामी आर्थिक वर्षको बजेट सार्वजानिक गर्दैछ ।


पुष्प दुलाल