एनआईडिसी क्यापिटल मार्केटको नाम परिवर्तन, अब सनराइज क्यापिटल लिमिटेड



काठमाडौं । सनराइज बैंकले सनराइज क्यापिटल लिमिटेड संचालनमा ल्याएको छ । सनराइज बैंकले एनआईडिसी क्यापिटल मार्केटलाई प्राप्ती गरी सनराइज क्यापिटल लिमिटेड संचालनमा ल्याएको हो ।

बैंकले एनआईडिसी क्यपिटल मार्केटस लिमिटेडलाई प्राप्ती पछि नाम परिवर्तन गरेर सनराइज क्यापिटल लिमिटेड बनाएको छ । सनराइज क्यापिटल लिमिटेडको उद्घाटन नेपाल धितोपत्र वोर्डका अध्यक्ष रेवतबहादुर कार्कीले गरेका छन् ।

कम्पनीको अध्यक्षमा सनराइज बैंका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य छन् ।

कम्पनीको संचालक समितिको जेष्ठ ८ गते सम्पन्न विशेष साधारण सभाबाट नाम परिवर्तनको प्रस्ताव पारित गरेको थियो ।

कम्पनीले शेयर निष्काशन तथा बिक्री प्रबन्धक, शेयर रजिष्ट्रार तथा शेयर प्रत्याभुति कार्य गरी आएको छ । कम्पनीले निकट भबिष्यमा पोर्टफोलियो ब्यवस्थापन गर्ने तथा सामुहिक लगानी कोष संचालन गर्ने जानकारी दिएको छ ।

कम्पनीको पूँजी संरचनालाई संशोधन गरी जारी पूँजी २० करोड रुपैयाँ र चुक्ता पूँजी १० करोड रुपैयाँ कायम गरेको छ ।


पुष्प दुलाल