नेपाली खेलाडी र कलाकारको रोजाईमा टाटाको कार



काठमाडौं । पछिल्लो समयमा नेपालका चर्चित व्यक्तित्वहरुको रोजाईमा क्रमशः टाटाका कारहरु पर्न सफल भएका छन् । पूर्व मिस नेपाल माल्भिका सुब्बाले केही समय अगाडि टाटाको बोल्ट कार खरिद गरेकी थिइन् । आकर्षक लुक एवं स्टाइलका कारण उक्त बोल्ट कार आफ्नो रोजाइमा पर्न सफल भएको कुरा उनले जानकारी गराइन् ।

त्यस्तै नेपाल राष्ट्रिय फुटबल संघका पूर्व कप्तान हरि खड्काले पनि हालै टाटाको टियागो गाडी खरिद गरेका छन् । अत्याधुनिक प्रविधि, आकर्षक फ्यूल क्षमता, आरामदायी यात्रा लगायतका विशेष सुविधाहरुले सम्पन्न टाटाको टियागोले आफ्नो जस्तै हरेक ग्राहकको व्यक्तिगत जीवनमा सुखद यात्राको अनुभूति प्रदान गर्ने कुरा उनले बताए ।

सोही क्रममा नेपालकी चर्चित नायिका प्रियंका कार्कीले नेपालमा अग्रणी कम्प्याक्ट सेडानको रुपमा चर्चा बटुलेको टाटाको जेस्ट कार खरिद गरेकी छिन् । उनले नेपालमै बसेर पनि अन्तर्राष्ट्रिय स्तरको लक्जरीयस कारको अनुभव बटुल्न पाएकोमा आफू निकै उत्साहित भएको कुरा जानकारी गराएकी छिन् ।

त्यस्तै नेपाल राष्ट्रिय क्रिकेट टिमका उप कप्तान, ज्ञानेन्द्र मल्ल ले पनि हालै जेस्ट कार चढेका छन् । उनले टाटाको जेस्ट चढ्दा नयाँ एवं उत्कृष्ट ड्राइभिङ्ग अनुभव प्राप्त भएको र यसले आफ्नो जस्तै सम्पूर्ण नेपाली ग्राहकवर्गको मन जित्ने विश्वास लिएको कुरा समेत बताएका थिए ।

आकर्षक लुक, उत्कृष्ट पर्फमेन्स, माइलेज र स्टाइल, विलासी गाडीहरुको सम्झना ताजा गराउन कारण टाटोका जेस्ट, बोल्ट र टियागो कार नेपाली जनताको छनोटमा परेको छ । प्रिमियम इन्टेरियर, हरमन साउण्ड, एभिएस, जाभा ब्ल्याक र लाटेको डुअल टोनसँग राम्ररी मिलाइएको ड्यासबोर्डले कारलाई आकर्षक, आधुनिक भएको कारणले छोटो समयमा नै नेपाली बजारमा निकै नै चर्चा बटुल्न पुगेको छ ।


पुष्प दुलाल