एक महिनामै अम्बानीको ७ अर्ब डलर सम्पत्ति थपियो



काठमाडौं । भारतका सबैभन्दा धनी ब्यापारी मुकेश अम्बानीले गत ५ महिनामा ७ अर्ब डलर सम्पत्ति थपेका छन् । हिजो (मे १७ तारीख) सम्म अम्बानीको सम्पत्ति २९.९ अर्ब डलर रहेको छ । यो गत बर्षको डिसेम्बर महिनाको भन्दा ७.१० अर्ब डलरले बढि हो ।

अम्बानीको कम्पनी रिलायन्सले प्रत्येक त्रैमासमा नाफा बढाउँदै लगेको र कम्पनीको सेयर मुल्य पनि तिब्र गतिमा बढेका कारण उनको सम्पत्ति बृद्धिको रफ्तार बढेको हो ।

उनको नयाँ दुरसञ्चार योजना ‘जियो’ को पनि बजारमा राम्रो प्रभाव छ । जियोले झण्डै ११ करोड ग्राहक बनाइसकेको छ ।

‘तेल र ग्यास ब्यवसायी अम्बानीले मुलुकको दुरसञ्चार क्षेत्रमा जर्बरजस्त ढंगले प्रवेश गरेका छन् र, १० करोड ग्राहक बनाइसकेका छन् । यो भारतको दुरसञ्चार क्षेत्रको सुदृढिकरण मा ठूलो कदम हो,’ फोब्र्सले अम्बानीका बारे भनेको छ ।


पुष्प दुलाल