एकसाताभित्र प्रचण्डले प्रधानमन्त्री पदबाट राजिनामा दिने



काठमाडौं । एकसाताभित्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले राजिनामा दिने भएका छन् । नेपाली कांग्रेस र माओवादी केन्द्रबीच स्थानीय तहको पहिलो चरणको निर्वाचनपछि प्रचण्डले प्रधानमन्त्री पद कांग्रेस सभापति शेरबहादुर देउवालाई हस्तान्तरण गर्ने सहमति थियो ।

राष्ट्रिय जनता पार्टीका नेताहरुसँग प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गर्दै प्रधानमन्त्री प्रचण्डले एकसाताभित्रमा पद त्याग गर्ने बताएका हुन् ।

राष्ट्रिय जनता पार्टीका नेताहरुले संविधान संसोधन गर्ने र दोस्रो चरणको स्थानीय तह निर्वाचनको बारेमा छलफल भएको छ । व्यवस्थापिका संसद् बैठक जेठ ४ देखि सुरु हुने र संविधान संसोधनको कुरा अगाडि बढाउने प्रधानमन्त्री प्रचण्डले जनता पार्टीका नेतालाई बताएका थिए ।


क्लिकमान्डु