नेप्सेमा जागिर खान फर्म भरेको छ ? भए यस्तो आयो नयाँ जानकारी



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आन्तरिक तथा खुला पदपूर्तिका लागि लिखित परीक्षको समय र मिति तोकेको छ । नेप्सले विभिन्न ४३ पदका लागि परीक्षा समय र मिति तोकेको हो ।

नेप्सेले आन्तरिक प्रतिस्पर्धाबाट उप प्रबन्धकमा ९, खुला सहायक प्रबन्धक (प्र) ८ र खुला र महिला आइटी अधिकृत (प्रा) ६ पदका लागि प्रथम पत्रको लिखित परीक्षा असार ३ गते विहान ८ बजे र दोस्रो पत्रका लागि असार ४ गते विहान ८ बजे तोकेको छ ।

यसैगरी आन्तरिक प्रतिस्पर्धाबाट वरिष्ठ अधिकृत ७ का लागि प्रथम पत्र (क) असार ३ गते विहान ८ बजे, प्रथम पत्र (ख) आसर ३ गते विहान १० बजे र दोश्रो पत्र असार ४ गते विहान ८ बजे हुने जानकारी दिएको छ ।

साथै खुला र महिला वरिष्ठ अधिकृत (प्र) ७ का लागि प्रथम पत्र (क) असार ५ गते विहान ८ बजे, प्रथम पत्र (ख) आसर ५ गते विहान १० बजे र दोश्रो पत्र असार ६ गते विहान ८ बजे हुने जानकारी दिएको छ ।

खुला र समावेशी अधिकृत (प्र) का लागि प्रथम पत्र (क) असार ७ गते विहान ८ बजे, प्रथम पत्र (ख) आसर ७ गते विहान १० बजे र दोश्रो पत्र असार ८ गते विहान ८ बजे हुने जानकारी दिएको छ ।

नेप्सेले प्रकाशित गरेको सुचना अनुसार जेष्ठ ५ देखि १५ गतेसम्म परीक्षा फार्म नेप्से कार्यालयबाट वितरण गरिनेछ । परीक्षा केन्द्र अर्को सुचना माफत जानकारी गराउने नेप्से पदपूर्ति समतिले जानकारी दिएको छ ।


क्लिकमान्डु