कुन बैंकले कति पुर्याए इपिएस ? (२६ बाणिज्य बैंकको बिबरण)




काठमाडौं । कुनै पनि कम्पनीको आधारभुत बिश्लेषण गर्नका लागि प्रतिसेयर आम्दानी निकै महत्वपूर्ण सूचक हो । प्रतिसेयर आम्दानीमा हुने बृद्धिले कम्पनीले आफ्ना सेयरधनीहरुका लागि कती राम्रो वा नराम्रो कमाइ गरिरहेको छ भन्ने कुरा को जानकारी दिन्छ ।

यसले नाफामा भएको बृद्धि मात्र नभई नयाँ जारी भएको सेयर र कम्पनीले कमाएको नाफा बिचको सन्तुलनको बारेमा पनि जानकारी दिन्छ । साथै चालु आर्थिक बर्षमा कम्पनीले दिने लाभांसको आंकलन गर्न पनि प्रति सेयर आम्दानी प्रमुख सूचक हो ।

नेपालका बाणिज्य बैंकका कुरा गर्दा नेपाल राष्ट्र बैंकले बाणिज्य बैंकहरुलाई यस आर्थिक बर्षको अन्त्यसम्म ८ अर्ब पूँजी पुर्याउने निर्देशन दिएको छ ।

बैंकहरुले सो निर्देशनको पालना गर्नका लागि बोनस सेयर र हकप्रदको बाढी ल्याएका छन् । यस्तो समयमा आम लगानीकर्ताहरुले लगानी गर्नु अघि ध्यान दिनुपर्ने महत्वपूर्ण सूचक हुन सक्छ प्रतिसेयर आम्दानी ।

सामान्यतः तेस्रो त्रैमाससम्म बैंकहरुले आफ्नो खुद नाफा राम्रोसँग बढाएका छन् । तर, लगानीकर्ताहरुले आगामी दिनहरुमा बैंकको सेयरमा लगानी गर्नु अघि ध्यान दिनुपर्ने कुरा भने उनीहरुले बोनस सेयर वा हकप्रदको माध्यमबाट बढाएको पूँजीसँग प्रतिसेयर आम्दानीको सन्तुलन कसरी मिलाएका छन् भन्ने नै हो ।

त्यसैले पाठकहरुको सुबिधाको लागि यहाँ हालसम्म तेस्रो त्रैमासको बित्तीय बिवरण प्रकाशित गरिसकेका बाणिज्य बैंकहरुको प्रतिसेयर आम्दानी प्रस्तुत गरिएको छ ।

सामान्यतः प्रति सेयर जति बढि भयो उति राम्रो हुन्छ ।

यहाँ प्रस्तुत गरिएको प्रतिसेयर आम्दानीको सूचकसँगै बैंकहरुले बढाएको पूँजीलाई सँगै राखेर लगानीकर्ताहरुले भावी लगानीको रणनीति तय गर्न सक्छन् ।

 


क्लिकमान्डु