कुन बैंकले कति गरे ब्याज आम्दानी ? (सुचीसहित)



काठमाडौं । बैंकहरुको प्रमुख आम्दानीको स्रोत भनेको ब्याज आम्दानी हो । बैंकहरुले निश्चित प्रतिशत ब्याजदरमा सर्वसाधारणबाट निक्षेप संकलन गर्छन् । र, त्यो भन्दा बढी ब्याजदरमा ग्राहकलाई ऋण दिने गर्छन् ।

निक्षेप र कर्जाको ब्याजदरको फरक नै बैंकको प्रमुख आम्दानीको स्रोत हो । राष्ट्र बैंकले यी दुई बिचको फरक ५ प्रतिशत भन्दा बढि हुनु हुँदैन भनेको छ ।

बैंकहरुले बिभिन्न प्रशासनिक काम गरे बापत उठाउने ‘फिस’ का अलावा सबैभन्दा भरपर्दो, ठूलो र महत्वपूर्ण आम्दानीको स्रोत भनेको नै ब्याज आम्दानी हो ।

कहिलेकाहीं बैंकहरुले सम्पत्ति बिक्रि वा अन्य कारणले खुद नाफा बढाए पनि दिगो र बैंकको वास्तबिक क्षमता मापन गर्ने भनेको ब्याज आम्दानीबाटै हो ।

अन्य मुलुकहरुमा झैं नेपाली बैंकहरुलाई सेयर ब्रोकर लाइसेन्स लगायत अन्य कामहरुको लाइसेन्स नदिएका कारण नेपालका बैंकहरुको बित्तीय अवस्थाको वास्तबिक मुल्याङ्कन गर्नका लागि ब्याज आम्दानी झनै महत्वपूर्ण सूचक हो ।

त्यसैले आम सेयर लगानीकर्ताहरुले बैंकको बास्तबिक बित्तीय अवस्था थाहा पाउन भनेर अहिलेसम्म सार्वजनिक गरेका सबै बाणिज्य बैंकहरुको कुल ब्याज आम्दानी यहाँ प्रस्तुत गरिएको छ ।

 


क्लिकमान्डु