औषधी माफियाबिरुद्धको सरकारी निर्णयमा निजी क्षेत्रको साथ




काठमाडौं। नेपाली औषधी उद्योगको प्रवर्द्धन तथा आमनागरिकलाई सस्तो मूल्यमा गुणस्तरीय औषधी उपलव्ध गराउन लागेको सरकारको प्रयासलाई सरोकारवालाहरुले प्रसंसा गरेका छन्।

नेपाल उद्योग वाणिज्य महासंघ नेपाल उद्योग परिसंघ नेपाल औषधी उत्पादक संघ र नेपाल औषधी व्यवसायी संघले संयुक्त विज्ञप्ती निकाल्दै स्वास्थ्य मन्त्रालयले गरेको प्रयासको समर्थन जनाएका गरेका हुन्।

नेपालमा रहेका ५० भन्दा वढी मानवका औषधी उद्योग८ वटा पशुपंक्षी औषधी उद्योग र ७३ वटा आयुर्वेदीक औषधी उद्योगको क्षमता गुणस्तर र प्रविधीको पहिचान गरी नेपालमा नै गुणस्तरीय औषधीको उत्पादन गरी वढ्दो व्यापार घाटालाई कम गर्न र औषधीको निर्यातलाई समेत बढावा दिन स्वास्थ्य मन्त्रालयले गरेको कदमको भन्दै सरोकारवालाहरुले विज्ञप्ती नै निकालेर समर्थन गरेका हुन् ।

नेपाल सरकार स्वास्थ्य मन्त्रालय र यसको नेतृत्व सम्हालिरहेका मन्त्री गगन थापाले चालको सकारात्मक कदमको विरोध गर्दै केही प्रोपोगाण्डा बजारीकरण गर्ने समुहले आयात बन्द गर्ने धम्की दिँदै आएका छन्।

मानव जीवनसँग प्रत्यक्ष संलग्न औषधीजन्य विषयलाई आफ्नो स्वार्थपूर्ण माग पुरा गराउने हतियार बनाउने कार्यको भत्सर्ना गर्दै सरोकारवाला ४ संस्थाले नेपाल औषधी व्यवसायी संघको सहयोगमा गुणस्तरीय र उचित मूल्यमा औषधी उपलव्ध गराउन आफूहरु सक्षम रहेको उल्लेख छ ।

नेपाल सरकारले लिएको कदमले नेपाल औषधी उत्पादक संघले उचित मूल्यमा गुणस्तरीय औषधी उपलव्ध गराउने प्रतिवद्धता विज्ञप्तीमार्फत जनाएको छ ।


पुष्प दुलाल