कालिका माइक्रो क्रेडिटको नाफा २ करोड, किसानको सबा करोड




काठमाडौं । कालिका माइक्रो क्रेडिटले अपरिष्कृत बित्तीय बिवरण प्रकाशित गरी २ करोड ७ लाख रुपैंयाँ खुद नाफा गरेको जनाएको छ । गत बर्ष सोही अबधिमा कम्पनीको खुद नाफा १ करोड ६८ लाख रुपैंयाँ थियो । यसको मतलब कम्पनीले खुद नाफा २३.०५ प्रतिशतले बढाएको छ ।

कम्पनीले संचालन नाफा र ब्याज आम्दानी क्रमशः १२.८२ प्रतिशत र २६.८२ प्रतिशतले बढाएको छ ।

कम्पनीको खराब कर्जा थोरैले बढेको छ । गत बर्षको १.६१ प्रतिशतबाट बढेर खराब कर्जा १.८३ प्रतिशत पुगेको छ ।

कम्पनीले निक्षेप संकलन र कर्जा परिचालनमा पनि क्रमशः ५०.२१ र ४६.३७ प्रतिशतको बढोत्तरी गरेको छ ।
कम्पनीको प्रति सेयर आम्दानी ५५.३९ रुपैंयाँ छ भने मुल्य आम्दानी अनुपात ३१.०९ गुणा छ ।

किसानको नाफा सबा करोड
किसान माइक्रोफाइनान्सले चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्म झण्डै ७५ प्रतिशत खुद नाफा बढाएको छ । कम्पनीले गत बर्षको ७३ लाखबाट यस बर्ष खुद नाफा १ करोड २९ लाख रुपैंयाँ पुर्याएको छ ।

कम्पनीले संचालन नाफा ७४.९२ प्रतिशतले बढाएको छ भने ब्याज आम्दानी ९०.३१ प्रतिशतले बढाएको छ ।

यसैगरी निक्षेप संकलन ७ करोड ४१ लाखबाट १३ करोड ३७ लाख पुर्याएको छ भने कर्जा परिचालन ३ करोड ३५ लाखबाट बढाएर ६ करोड २६ लाख पुर्याएको छ ।

कम्पनीको खराब कर्जा भने १.५८ प्रतिशतले बढेर ३.२२ प्रतिशत पुगेको छ ।

हाल कम्पनीको प्रति सेयर आम्दानी ५३.४६ रुपैंयाँ छ भने मुल्य आम्दानी अनुपात ५१ गुणा छ ।


क्लिकमान्डु