स्न्यापच्याटका सेयरधनीले एकैदिनमा १ खर्ब गुमाए



काठमाडौं । स्न्यापच्याटका संस्थापकहरु इवान स्प्रिंगल र बबी मर्फीलाई एकै दिनमा १ अर्ब डलर (करिब १ खर्ब रुपैंयाँ) को नोक्सान भएको छ । दुवैलाई यो नोक्सान बुधबार कम्पनीको पहिलो बित्तीय बिवरण सार्वजनिक भएपछि भएको हो । पहिलो त्रैमासमा कारोबार अनुमानभन्दा कम भएका कारण कम्पनीको सेयर एकै दिनमा २५ प्रतिशतले घटेर १७.१२ डलर पुगेको छ । यसपछि भने स्न्याप च्याटको सेयर मुल्यमा केही सुधार आएको छ । ब्लुम्बर्ग अर्बपति सूचकका अनुसार दुवै संस्थापकहरुको सम्पत्ति ५/५ अर्ब डलर भन्दा बढी थियो । तर, बित्तीय बिवरण सार्वजनिक गरे पश्चात् उनीहरुको सम्पत्ती ३.८ अर्ब डलरमा आएको थियो । आइपिओ पश्चात स्न्याप च्याट इन्कले पहिलो बित्तीय बिवरण प्रकाशित गरेको हो । कम्पनीले आर्थिक बर्षको पहिलो त्रैमासमा २.२ अर्ब डलरको नोक्सान भएको छ ।


पुष्प दुलाल